काठमाडौँमा १६ महिने बालकको पोखरीमा डुबेर मृत्यु

Posted on: 18 Sep, 2024

असोज २, काठमाडौँ । काठमाडौं महानगरपालिका–१६ बालाजु बनस्थली ढुङ्गेधारा नर्सरी चोकस्थित सयपत्री नर्सरीभित्र रहेको पोखरीमा डुबेर मृत्यु भएको छ।

सोही नर्सरीमा काम गरी बस्ने प्युठानको झिमरूक गाउँपालिका–६ घर भएका पूर्ण कुमालका छोरा १६ महिने प्रिन्सको बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।

डुबेर अशक्त भएका उनको ओम साईबाबा अस्पताल ढुङ्गेधारामा उपचारको क्रममा मृत्यु भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!