ओलीले प्रश्न- देशलाई विकासतर्फ अगाडि बढाउन सरकारमा गयौँ, त्यही नभएपछि सन्तोष कसरी मान्ने ?

Posted on: 15 Jun, 2024

असार १, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् । 

 संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको उनले बताए । तर, विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको र एकदुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने उनको भनाइ थियो ।

ओलीले भने 'बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एकदुईजनाको मुख हेरेर हामी सरकारमा छाँै भनेर गरिबीतिर गए पनि के भयो र हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ? 

उनले एमालेले चलाइरहेको मन्त्रालयको स्थिति हेर्न, बजेट विनियोजन कस्तो छ भन्ने विषयको समीक्षा गर्न समेत आग्रह गरे । उनले स्वार्थका थैला भर्न अशिष्टता, असभ्यता, अमर्यादा, अलोकतान्त्रिक तरिका अवलम्बन गर्ने काममा एमाले नलाग्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!