‘बोक्सीको घर’ले ६ दिनमा कमायो साढे ५ करोड

Posted on: 02 May, 2024

वैशाख २०, काठमाडौँ ।  फिल्म ‘बोक्सीको घर’ घरेलु बक्स अफिसमा सुपरहिट बनेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माताले कमाइ सार्वजनिक गरेका छन् ।

फिल्मले ६ दिनसम्म देशव्यापी ५ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । कुल कमाइमध्ये काठमाडौं उपत्यकामा २ करोड ७१ लाख ग्रस र उपत्यकाबाहिरका सहरमा २ करोड ७४ लाख ग्रसको हिस्सा छ ।

मुलुकका ८७ हलबाट फिल्मले उक्त कमाइ गरेको वितरकद्वय डीसीएन र टी–फोकले पत्रकार सम्मेलनमा जानकारी दिए । फिल्मको कुल कलेक्सनमा काठमाडौं उपत्यका भन्दा बाहिरका सहरको हिस्सा केही बढी छ ।

काठमाडौंमा भन्दा मोफसलमा व्यापार वृद्धि भएको सन्दर्भमा वितरक शर्माले बजार बिस्तारको नयाँ संकेतको रुपमा आफूले यसलाई हेरेको बताए । ‘काठमाडौंमा अब बजार बिस्तार हुने ठाउँ छैन । बाहिर बिस्तार हुने क्रम जारी छ । कावासोतीजस्ता सानो बजारमा पनि राम्रो कमाइ भएको छ,’ उनले भने ।

‘बोक्सीको घर’ एक करोड भन्दा कम लागतमा निर्माण भएको निर्माताले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!