पुनः रिलिज भएको थालापथी बिजयको घिल्ली सबैभन्दा बढी कमाउने चौथों फिल्म

Posted on: 01 May, 2024

वैशाख १९, मुम्बइ। थालापथी विजयको फिल्म ‘घिल्ली’ २० अप्रिल २०२४ मा पुनः थिएटरमा रिलिज भएको थियो। 

यो फिल्मले आफ्नो मूल रिलिजको २० वर्ष पूरा गरेको उपलक्ष्यमा पुनः रिलिज गरिएको थियो । पुनः रिलिज भए पछि पनि यो फिल्मले विश्वव्यापी रूपमा १८.५० करोड भन्दा बढी कमाउन सफल भएएको छ। 

फिल्मको इन्डिया कलेक्सन २०.२५ करोड रुपैयाँ छ । योसँगै ‘घिल्ली’ले कमाईको मामिलामा शोले, टाइटानिक र अवतार जस्ता फिल्मलाई पछाडि पारेको छ । यसका साथै पुनः रिलिज भएपछि यो २१ औं शताब्दीको सबैभन्दा धेरै कमाउने फिल्म पनि बनेको छ ।


‘घिल्ली’ले यी सबै फिल्मलाई पछाडि छोडेको छ । सन् २००४ मा पहिलो पटक रिलिज भएको ‘घिल्ली’ले टिकट विन्डोबाट ५० करोड कमाएको थियो । त्यति बेला पनि यो तमिल फिल्महरूमध्ये सबैभन्दा बढी कमाइ गर्ने फिल्म थियो। तर पुनः रिलिज भएपछि यसले तहल्का मच्चाएको छ। यो फिल्मले ९ दिनमा देशभरबाट २०.२५ करोड कमाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

समाचार अनुसार सो फिल्म पुनः रिलिज भएका चलचित्रहरूको इतिहासमा सबैभन्दा धेरै कमाउने चलचित्र बनेको छ । यति मात्र होइन, २०२४ मा पनि ‘घिल्ली’ वर्षको चौथो सर्वाधिक कमाउने तमिल फिल्म बनेको छ।  यो वर्ष  ‘क्याप्टेन मिलर’, ‘आयलान’ र ‘लाल सलाम’ले मात्र ‘घिल्ली’ भन्दा बढी कमाइ गरेका छन् ।

‘घिल्ली’ एक रोमान्टिक एक्शन फिल्म हो, जसमा अलिकति खेलकुदको टच पनि रहेको छ । यो २००३ मा महेश बाबु स्टारर तेलुगु फिल्म ‘ओक्काड’ को तमिल रिमेक हो। तृषा कृष्णन, प्रकाश राज र आशिष विद्यार्थी जस्ता कलाकारले थलापथी विजयसँग ‘घिल्ली’ मा काम गरेका छन । यो चलचित्रलाई धरानीले निर्देशन गरेका हुन् । ‘घिल्ली’को पुनः रिलिजमा भएको कमाईलाई थालपथी विजयको स्टारडमसँग जोडिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!