प्रधानमन्त्री ओली र देउवा सहभागी कार्यक्रममा बिरोध गर्ने युवा वैदेशिक रोजगारमा जान नपाउने

Posted on: 29 Aug, 2024

भदौ १३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेको कार्यक्रममा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका मध्ये सुर्खेतका गोपीराम जैसी साउदी अरव रोजगारमा जान नपाउने भएका छन् । प्रहरीले उनि सहितलाई पक्राउ गरि म्याद समेत थपेको छ । जैसाई आइतबार साउदी उड्नु पर्ने थियो तर म्याद थपको कारण उनले साउदी जान नपाउने भएका हुन् । 

जैसी रिइन्ट्री भिसामा साउदी जान लागेका हुन् । साउदीमा रोजगारी गर्दै आएका उनी छुट्टिमा नेपाल आएका थिए । सेप्टेम्बर ६ सम्ममा उनले साउदी फर्किसक्नुपर्ने हुन्छ । तर, अनुसन्धान चलिरहेको अवस्थामा उनी साउदी फर्किन सक्ने सम्भावना क्षीण बनेको छ ।


प्रहरीले जाहेरी दर्ता गरेर अनुसन्धानका लागि दुई जनाको पाँच दिन र एकजनाको ९ दिन म्याद लिएको छ । जैसी सहित पक्राउ पर्नेमा अछाम घर भइ हाल कोटेश्वर बस्ने २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भइ हाल किर्तिपुर बस्ने दिपक सिंह ठगुन्ना रहेका छन् । जैसी र बुढा अघिल्लो दिन र ठगुन्ना भोलिपल्ट पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार जैसी र बुढाको ९ दिन म्याद थप गरिएको थियो । ठगुन्नालाई ५ दिन म्याद लिइएको छ । प्रहरीले आरोपीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!