झापामा आगलागी, करिब ३१ लाख रुपैयाँको क्षति

Posted on: 17 Sep, 2024

असोज १, काठमाडौँ । झापाको गौरीगंज गाउँपालिका-६ देवकोटा टोल बस्ने कृष्ण राजवंशीको घरमा मंगलबार बिहान आगलागी भएको छ । विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको भनाई छ । 

आगलागीबाट घरभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, काठपात, लत्ताकपडा, भाँडावर्तन जलेर करिब २५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै सोही घरमा डेरा गरी बस्ने मेगनाथ राजवंशी र मोहन दासको कोठाभित्र रहेको नगद, सुनचाँदी, अन्नपात, लत्ताकपडा, भाँडावर्तन समेत जलेर दुवै जनाको गरी करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!