१० महिनामा बढ्यो रेमिटेन्स आप्रवाह, १२ खर्ब भित्रियो

Posted on: 10 Jun, 2024

जेठ २८, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू वर्षको १० महिनाको अवधिमा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । चैतसमम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा २३.४ प्रतिशतले रेमिटेन्स आप्रवाह बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भएको छ । 

यस्तै समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ७४ हजार ८८७ छ । यस्तै पुन श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८९३ छ ।

गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । गत विगत दुई वर्षमा उच्च दरमा विदेश गएका र चालु आवमा समेत संख्या केही घटेपनि नयाँ श्रम स्वकृति र नवीकरण समेत गर्दा ५ लाख भन्दा धेरै छ । वैदेशिक रोजागरीमा जाने नेपाली उच्च हुँदा पछिल्लो २ वर्षयता रेमिट्यान्सको वृद्धि उच्च छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!