सुदूरपश्चिम प्रदेशका भौतिक राज्यमन्त्रीलाई पदबाट हटाइयो

Posted on: 31 Aug, 2022

भदौ १५, काठमाडौँ | सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री  कुलवीर चौधरीलाई मन्त्रीबाट हटाइएको  छ । चौधरी गत २५ चैत राज्यमन्त्री नियुक्त भएका थिए ।

चौधरीले पदको दुरूपयोग गरेको र गैरजिम्मेवार आचारण देखाएको भन्दै बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवालय स्रोतले जानकारी दियो।


प्रदेश कमिटि सदस्यसमेत रहेका चौधरी एकीकृत समाजवादी पार्टीबाट राज्यमन्त्री भएका थिए। उनी बुधबार एकीकृत समाजवादी पार्टी त्याग गरी पुनः एमालेमा फर्कन लागेका छन्।

बुधबार प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीरबहादुर बुढाथोकी लगायतका नेता एकीकृत समाजवादी त्यगेर पुनः एमालेमा फर्कदैछन्। 

उनीहरूलाई पार्टी प्रवेश गराउन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कञ्चनपुर पुगेका छन्। यस्तै माओवादी केन्द्रबाट पनि नेता शङ्कर दत्त जोशी, मोहन गिरि लगायतका नेताहरू एमाले प्रवेश गर्दैछन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!