११ वर्षीया बालिकालाई बलात्कार आराेपमा एकजना पक्राउ

Posted on: 14 Mar, 2024

चैत १, कैलाली | ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका-२ मनमडुवा बस्ने २१ वर्षीय अस्मिन थारूलाई प्रहरीले पक्राउ गरेको छ ।

थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीको सहकार्यमा उनलाई कैलालीबाट पक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!