मृत भेटिए मन्त्रीका पिएसओ प्रहरी हवल्दार

Posted on: 27 Jan, 2022

माघ १३, काठमाडौँ | सुदूरपश्चिम प्रदेशकी आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ मृत फेला परेका छन् । 

प्रहरी हवल्दार रमेशदत्त जोशी बिहीबार आफ्नै कोठामा मृत फेला परेका हुन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीले जोशी धनगढी उपमहानगरपालिका–३ स्थित घरमा मृत फेला परेको जनाएको छ । प्रहरीका अनुसार, उनी घरमा एक्लै थिए । 

हिटर बालेर सुतेकाले त्यसकै कारण उनको मृत्यु भएको आशंका छ । तर यकिन भइसकेको छैन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!