माइतीघरबाट फर्किने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता

Posted on: 20 Jul, 2024

साउन ५,  काठमाडौँ | कैलालीमा माइतीघरबाट फर्किने क्रममा खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।

माइतीघरबाट फर्किएकी मोहन्याल गाउँपालिका–४ बस्ने २५ वर्षीया कल्पना बमलाई खोलाले बगाएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालयका अनुसार सुपली खोला तर्ने क्रममा उनलाई  ठूलीगाडबाट बेपत्ता पारेको छ। बेपत्ता बमको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!