धनगढीमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता कायमै, पछ्याउँदै गठबन्धन

Posted on: 15 May, 2022

जेठ १, धनगढी | कैलालीकाे धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।

आइतबार बिहानसम्म २ हजार ४५३ मतगणना हुँदा हमालले १ हजार ३३६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार कांग्रेस नेता नृपबहादुर वडले ६ सय ९३ मत पाएका छन् 

एमालेका उम्मेदवार रणबहादुर चन्दले १ सय १७ मत मात्र पाएका छन् । अहिले धनगढी-१ को मतगणना भइरहेकाे छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!