गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा : प्रचण्ड

Posted on: 09 May, 2022

वैशाख २६, धनगडी | नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले गणतन्त्र उल्ट्याउने र संविधान जोगाउनेबीच प्रतिस्पर्धा भइरहेको बताएका छन् । 

धनगढीमा सोमबार आयोजित पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र उल्ट्याउन खोज्ने एमाले र संविधान जोगाउने गठबन्धनबीच प्रतिस्पर्धा भइरहेको बताएका हुन् । 

देशलाई २०१८सालमा फर्काउने एमाले अध्यक्ष केपी ओलीको योजना असफल पार्न गठबन्धन बनेको उनको भनाइ छ । 

सदन चल्न नदिएर देशलाई अन्धकार बनाउन खोज्नेले जनताको आँखामा छारो हालेर चुनाव जित्न खोजेको प्रचण्डको आरोप छ । 

Avatar

यस बिषयमा तपाइको प्रतिक्रिया...!