देशभर थप १,४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि, ९ जनाको मृत्यु

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौँ । पछिल्लो २४ घण्टामा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६९० जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ४७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार १०३ जना र ५ हजार ११५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५० जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या ७ लाख ५८ हजार ५०४ पुगेको छ ।साथै पछिल्लो २४ घण्टामा थप ९ सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८१ पुगेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!