'मेरो आँखै अगाडी कतारले गरेको विकास लोभलाग्दो छ'

Posted on: 22 Feb, 2024


फागुन १०, काठमाडौँ । १९ बर्ष अघि मासिक ८०० रियाल तलबमा कतार रोजगारमा पुगेका एक नेपालीले आफ्नो आँखा अगाडीनै कतारले बिकास गरेको भन्दै नेपालमा पनि त्यो बिकास सम्भव रहेको बताएका छन् । चितवन घर भएका प्रताप ढुंगाना अहिले मासिक ८ हजार रियाल भन्दा बढी कमाउँछन् । यसका अलावा धेरै सुविधा पनि कम्पनीले प्रदान गरेको छ । 

उनको लोभलाग्दो प्रगतिमा धेरै संघर्ष लुकेका छन् । अहिले पनि सीप सिकेर वैदेशिक रोजगारमा जाने युवाहरुले वैदेशिक रोजगारमा छिट्टै राम्रो गर्न सक्ने ढुंगानाको भनाई छ । कयौं युवाहरुले सिपनै नसिकी वैदेशिक रोजगारमा जाँदा आफ्नो अमुल्य समय त्यतिकै कम तलबमा खर्चिनु परेको बताउँछन् । 

वैदेशिक रोजगारमा खाडी जान ठिक छैन भन्नेहरुलाई ढुंगाना स्वीकार गर्दैनन् । उनि भन्छन् 'संघर्ष र अनुभव लिंदै आफैलाई अब्बल बनाउन सक्नेलाई खाडी युरोप भन्दा राम्रो छ ।' 

तलको भिडियो अन्तर्वार्तामा उनै प्रताप ढुंगानासँग साझा सवाल मिडियाले गरेको कुराकानी हेर्नुहोस् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!