एकैदिन थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७१ जना निको हुँदा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो । 

यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । 

हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!