पहिलेजस्तो आत्तिएर लकडाउन गरिहाल्ने पक्षमा हामी छैनौं : स्वास्थ्यमन्त्री

Posted on: 13 Jan, 2022

पुस २९, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अनावश्यक लकडाउन गर्ने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘यसअघि अरु देशका कुरा सुनेर सबैतिर लकडाउन गरियो । अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिनेछ', उनले भने ।

कोरोना भाइरस रोकथामको समाधान लकडाउन नै हो भन्ने किसिमबाट अब सरकार नजाने उनले स्पष्ट पारे ।

‘सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेको छ । लकडाउन हुन्छ भनेर आत्तिनु पर्दैन’, उनले भने, ‘कोरोनाको सुरुवाती समयमा आतंक बढी थियो । एक–दुईवटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भन्ने भयो र गरियो पनि । जति जानेको थियो त्यति ग¥यौं । युरोपेली देशहरूमा लकडाउन भनेको सुन्यौँ, यो नयाँ कुरा भयो, त्यसैअनुसार ग¥यौं । हामी पनि आतंकित भयौँ । गर्नुपर्ने बेलामा गरेनौँ, अघि–पछि ग¥यौं । अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ ।’ 

यद्यपि, आवश्यकता महशुश गरेर लकडाउन गर्न सक्ने सम्भावना भने रहेको उनले स्पष्ट पारे । तर, खास ठाउँमा हेरेर र विचार पुर्याएरमात्र लडडाउन गरिने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!