एकैदिन ३ हजार ७५ जनामा कोरोना संक्रमण

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनामा कोभिड संक्रमण पुष्टि भएको छ। २७८ जना भने डिस्चार्ज भएका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६९० पुगेको छ। २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार ५७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन्।

मंगलबार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०९ पुगेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!