नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना

Posted on: 12 Jan, 2022

पुस २८, काठमाडौँ | नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीलाई कोरोना संक्रमण भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ।

काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद अधिकारीका अनुसार काउन्सिलले प्रदान गर्ने नियमित सेवा १० दिनसम्मका लागि केही ढिलाइ हुने बताए।

मंगलबार आएको कोरोनाको परीक्षणको रिपोर्टमा २ जना पदाधिकारी र ८ जना कर्मचारीमा संक्रमण पुष्टि भएको उनले बताए।

रजिस्टार डा. अधिकारीकाले बुधबार एक सूचना जारी गर्दै सेवामा केही ढिलाइ हुनेबारे सेवाग्राहीहरुलाई जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!