काठमाडौँमा एकै दिन थपिए १२ सय बढी संक्रमित

Posted on: 11 Jan, 2022

पुस २७, काठमाडौँ | देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन् । यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।

 यस्तै देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!