१८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप, पहिलो प्राथमिकतामा कति जिल्ला ?

Posted on: 07 Dec, 2021

मंसिर २१, काठमाडौँ | सरकारले १८ वर्ष मुनीका बालबालिकालाई मोर्डना खोप लगाउने तयारी गरेको छ ।

अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको मोडर्ना खोप १८ वर्ष मुनीका बालबालिकालाई लगाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही हप्ताभित्र १८ वर्ष मुनीका बालबालिकालाई खोप लगाउने सुरु गर्ने तयारी छ ।

पहिलो चरणमा हिमाली क्षेत्रका १५ जिल्लाका विद्यालयमा अध्ययनरत बालबालिकालाई सो खोप लगाइने भएको हो ।

मोडर्ना खोप एक महिनाभित्र लगाउँदा माइनस दुईदेखि आठ डिग्रीसम्ममा पनि लगाउँदा हुने भएकाले हाललाई हिमाली क्षेत्रका बालबालिकालाई दिन लागिएको हो ।

मोडर्ना खोप भण्डारण गर्दा भने माइनस २५ डिग्री सेल्सियसमा राख्नुपर्ने हुन्छ ।

सरकारले यसअघि फाइजर खोप पनि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लगाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!