राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या

Posted on: 17 Jun, 2023

जेठ २, काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुन: समस्या देखिएको छ ।

उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको  थियो ।

थप उपचारका लागि बिहान पाँच बजे नै  मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपतिका स्वकीय सचिवले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य रहेको बताए ।

गत मंगलबार पनि मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!