‘ब्याड टच’ प्रकरण : मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको फुर्पाको दाबी

Posted on: 03 Jun, 2022

जेठ २०, काठमाडौं | पछिल्ला केहि दिनयता नेपालमा ‘ब्याड टच’ प्रकरणको विषयमा बहस छेडिएको छ।

आफूलाई तीनपटक नियतबस शरीरमा छोएको भन्दै नायिका मिरुना मगरले एक बौद्ध भिक्षुलाई झापड हानेर प्रहरीमा बुझाएपछि यो विषय दुई पक्षमा बाँझिएको छ।

हाल यो विषयमा मिलापत्र भइसकेको छ। यद्यपी नायिका र फुर्पाले पुनः यस विषयमा अभिव्यक्ति दिएपछि यो विषयको बहस सेलाउन पाएको छैन।

नायिकाले लामालाई भाई सम्झिएर माफी दिएको र लामाले गल्ती स्वीकार गरेपछि मिलापत्र भएको थियो।


तर नायिकाले पुनः लामाले आफूलाई नियतबस छोएको हो भनेपछि र लामाले पनि आफू निर्दोष भएको बताएपछि यो विषयमा पक्ष र विपक्षमा मानिसहरुले धारणा राखिरहेका छन्।

आरोपी फुर्पाले प्रहरीसँग गल्ती स्वीकारेका थिए तर बाहिर निस्केर आफू निर्दोष भएको बताइरहेका छन्।

यतिबेला एउटा भिडिओ पनि सार्वजनिक भएको छ जहाँ कामी शेर्पा नामक बुद्धधर्मका एक अगुवाले फुर्पासँग भिडिओ च्याट गरेका छन्। सो कुराकानीमा फुर्पाले मिरुनालाई नियतवस नभइ भीडभाडमा झुक्किएर छुन पुगेको दाबी गरेका छन्।

यस्तै उनले मिरुनासँगको मिलापत्र पनि दबाबमा गरेको बताएका छन्। नायिकालाई मानिसहरूले नराम्रो नभनुनन् भनेर आफूले मिलापत्रमा हस्ताक्षर गरिदिएको उनको भनाइ छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!