रेखा थापा विवाह, कहिले र कोसँग भयो ?

Posted on: 14 Feb, 2022

फागुन २, काठमाडौँ । चर्चित अभिनेत्री रेखा थापा फेरि विवाह बन्धनमा बाँधिएकी छन् । यसअघि निर्देशक तथा निर्माता छविराज ओझासँग सम्बन्धविच्छेद गरेपछि रेखाको नाम विभिन्न अभिनेता तथा निर्देशकहरुसँग पनि जोडिएको थियो । 

तर, आफ्नो विवाहको विषयमा रेखाले अहिलेसम्म बाहिर आधिकारिक रुपमा केही बताएकी छैनन् । बरु उनले अहिलेसम्म विवाहको विषयमा सन्चारकर्मीले गरेको प्रश्नमा जवाफ दिँदै आएकी छिन्– विवाहका लागि त केटा चाहियो नि केटा !

यसअघि उनले वैशाखमा विवाह गर्ने तयारी गरेको समाचार बाहिरिएका थिए । यसबारे पनि रेखाले रमाइला खालका जवाफ दिने गरेकी थिइन् । तर, अब उनले विवाह गरेको समाचार बाहिर आउन थालेका छन् ।

१२ माघमा नै उनले अदालतमा गएर कोर्ट म्यारिज गरेको भन्दै समाचार बाहिरिएका छन् । तर, यसबारे रेखा थापाले आधिकारिक जवाफ चाहिँ दिएकी छैनन् । बरु उनले १४ फ्रेबुअरीमा भ्यालेन्टाइन्स डेको अवसर पारेर आफ्नो फेसबुकमा चाहिँ प्रणय दिवसको शुभकामना दिएकी छिन् ।

उनले फेसबुकमा लेखेकी छिन्, ‘प्रणय दिवसको शुभकामना । प्रेमको शक्तिले हामी सबैलाई सभ्य, करुणामयी र उदार बनाउँदै जाओस् । डर, दासता र हिंसाबाट मुक्त हुँदै आफूलाई आफूजस्तै मानव देख्न सकौँ ।’

बाहिर आएका समाचारहरुअनुसार चाहिँ रेखाले १२ माघमा नै जाजरकोट घर भएका प्रेमी बलराम शाहीसँग अदालतमा पुगेर विवाह गरेकी हुन् । विवाह गरेकी रेखाले यसबारे कहिले बोल्लिन् ? केही दिन त अब पक्कै पर्खिनु पर्ने हुन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!