सुदर्शन थापाको ‘म यस्तो गीत गाउँछु २’ फागुन १३ मा रिलिज हुदै

Posted on: 09 Feb, 2022

माघ २६, काठमाडौँ । सरकारले १ फागनुबाट फिल्म हल खोल्न दिने भएपछि निर्माता निर्देशन आफ्नो फिल्मको रिलिज मिति धमाधम तोक्न थालेका छन् । यस्तैमा निर्देशक सुदर्शन थापाले पनि आफ्नो नयाँ फिल्म ‘म यस्तो गीत गाउँछु २’ शिवरात्रिको छेको पारेर फागुन १३ गते रिलिज गर्ने भएका छन् ।

निर्देशक थापाले सामाजिक सञ्जालमा नयाँ पोस्टर सार्वजनिक गर्दै फिल्म रिलिज मिति घोषणा गरेका हुन् । फिल्मको प्रदर्शन मिति तोकिएको यो चौथो पटक हो । यस अगाडि २०७६ सालको फागुन २३, फागुन ३० र  गत माघ १९ प्रदर्शन मिति घोषणा गरेको थियो । पटक पटक सर्दै आएको यो फिल्म अव भने नसर्ने निर्माण युनिटले जनाएको छ ।

निर्देशक थापाकै निर्माण समेत रहेको फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय छ । फिल्म शिवम् अधिकारी र दिनेश न्यौपानेले मिलेर लेखेका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!