१० वर्षपछि युट्युव ट्रेडिङको शीर्ष स्थानमा ‘हर्के हल्दार’

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | हास्य श्रृखंला ‘हर्के हवल्दार’ युट्युबको ट्रेडिङको शीर्ष स्थानमा पुग्न सफल भएको छ । निर्माण र प्रसारण हुँदै आएको करिब दश वर्षपछि यो श्रृंखलाले युट्युबको शीर्ष स्थान कब्जा गर्न सफल भएको हो । समाचार तयार गर्दासम्म श्रृंखलाको ५३३ भाग युट्युव ट्रेडिङको शीर्ष स्थानमा रहेको छ ।

तीन दिन अगाडि युट्युवमा अपलोड भएको यो श्रृखंला ५ लाख २६ हजार बढी भ्युजका साथ युट्युव ट्रेडिङको शीर्ष स्थानमा आउन सफल भएको हो । कलाकार बिष्णु सापकोटाले सामाजिक सञ्जालमार्फत समेत यो खुसी शेयर गरेका छन् । 

बिष्णु सापकोटा, किशोर भण्डारी, शिवहरि बैरागी, सुरेन्द्र केसी, रोशनी सापकोटा, रेश्मा तिमिल्सिना इन्द्र दोङ लामा लगायत कलाकार मुख्य भूमिकामा देखिँदै आएका छन् । पछिल्लो समय किशोर भण्डारीको लेखनमा निर्माण हुँदै आएको श्रृंखलाको निर्देशन इन्द्र दोङ लामा हुन् । बुद्ध थापा र प्रवेश पोखरेलको छायाङ्कन रहेको श्रृखंला राज कार्कीले सम्पादन गर्दै आएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!