भारतमा ३५ युट्युब च्यानलमाथि प्रतिबन्ध

Posted on: 22 Jan, 2022

माघ ८, काठमाडौँ | भारतको सूचना एवं प्रसारण मन्त्रालयले आइटी एक्टअन्तर्गत ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाई भारतमा प्रतिबन्ध गर्न निर्देशन जारी गरेको छ।

पाकिस्तानद्वारा सञ्चालित हुने ३५ वटा युट्युब च्यानल, दुई वेबसाइटसमेत केही इन्स्टाग्राम अकाउन्ट र फेसबुक अकाउन्टलाईलाई बन्द गरिने भएको हो।

सूचना एवं प्रसारण मन्त्रालयका सचिव अपूर्व चन्द्रले पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै यी सबैले भारत विरोधी प्रोपागान्डा चलाइरहेको बताए।

उनले मिडियालाई मानिससम्म सन्देश पुर्याउनका लागि आग्रह गर्दै यदि मानिसलाई यस्ता च्यानलबारे थाहा भए यसबारे जानकारी दिन पनि आग्रह गरे।

उक्त पत्रकार सम्मेलनमा यी सबै च्यानलमार्फत् भारतविरोधी प्रोपागान्डा र नक्कली खबर प्रसारित गरेको र अलगाववादी विचार भाव भएका खबर प्रेसित गरिरहेको बताए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!