लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन

Posted on: 26 Jul, 2024

साउन ११, काठमाडौं | लोकप्रिय गीत ‘रिटिङ रिटिङ नबजाउ बिनायो, बिनायोले मन मेरो छिनायो’का लोक गायक तथा गीतकार लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ । 

बिहीबार साँझ खाना खाएपछि अचानक बेहोस भएका जोशी दमकस्थित घरबाट अस्पाल लैजानेक्रममा बाटोमै निधन भएको परिवारले जनाएको छ । उनी लामो समयदेखि मधुमेह रोगबाट पीडित थिए ।

उनले २०१३ सालमा रेडियो नेपालमा पहिलो गीत रेकर्ड गराएका थिए। २०२२ देखि २०२९ सालसम्म रेडियो नेपालमा जोशीले जनकवि केशरी धर्मराज थापासँग काम गरेका थिए।

उनको ‘रिटिङ रिटिङ…’ बोलको गीत सबैभन्दा चर्चित छ। उनको ‘वल्लो खोलो हो पल्लो खोलो कमिलाको गोलो…’ गीतसमेत जनजनमा चर्चित छ। 

अन्तिम संस्कार शुक्रबार बिहान ११ बजेपछि झापाको कन्काई माइमा हुने  परिवारले जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!