प्रभासको 'कल्की २८९८ एडी' ले १४ दिनमा कति कमायो?

Posted on: 11 Jul, 2024

असार २७, काठमाडौँ । दक्षिण भारतीय अभिनेता प्रभास अभिनीत फिल्म 'कल्की २८९८ एडी' ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। 

भारतीय सञ्चारमाध्यम एनडिटिभीका अनुसार भारतमा फिल्मले १४ दिनमा ५३६ करोड ७५ लाख भारू कमाइ गरेको छ। फिल्मले विश्वभरबाट ९०० करोड भारूमाथि कमाएको छ।


फिल्मले हिन्दी भाषामा २२९ करोड ५ लाख, तेलुगु भाषामा २५२ करोड १ लाख, तमिल भाषामा ३१ करोड ५५ लाख, मलयालम भाषामा १९ करोड ६५ लाख, कन्नड भाषामा ४ करोड ४ लाख भारू कमाइ गरेको हो। 

नाग अश्विनले निर्देशन गरेको फिल्ममा प्रभास, अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हासनको मुख्य भूमिका छ। फिल्ममा विजय देवराकोन्डा, दुल्कर सलमानको केमियो भूमिका छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!