शाहरुखको रेकर्ड तोड्दै प्रभास

Posted on: 08 Jul, 2024

असार २४, काठमाडौँ । निर्देशक नाग अश्विनको फिल्म ‘कल्कि २८९८ एडी’ ले पहिलो हप्तामा नै अत्यधिक आम्दानी गर्न सफल भएको छ र यो क्रम निरन्तर बढिरहेको छ ।

अमिताभ बच्चन, प्रभास, दीपिका पादुकोण र कमल हासन जस्ता कलाकारले संगै काम गरेको यो फिल्म प्रदर्शनमा आएको ११ दिनपछि पनि व्यवसायको तिव्रतामा कमी आएको छैन ।


फिल्मले आाईतवारका दिन गरेको व्यावसायिक प्रदर्शनपछि यो फिल्मको बक्स अफिसमा रेकर्डको सूचीको तिव्रता झन् बढको छ । बक्स अफिस रिपोर्टले ११ दिनमा फिल्मले गरेको आम्दानीले पछिल्ला सम्पूर्ण रेकर्डलाई तोड्ने पक्का भएको छ ।

बलिउडका लोकप्रिय अभिनेता शाहरुख खानका दुई फिल्म, जुन भारितय फिल्मको सबैभन्दा धेरै आम्दानी गर्ने फिल्मको सूचिमा समावेश भएको थिए, जवान र पठान ।

जवानले ११६० करोड रुपैयाँ वर्ल्डवाइड कलेक्शन गरेको थियो भने पठानले वर्ल्डवाइड १०५५ करोड रुपैयाँ कमाउन सफल भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!