प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले कति कमायो तीन दिनमा ?

Posted on: 30 Jun, 2024

एजेन्सी । दक्षिण भारतीय अभिनेता प्रभासको फिल्म कल्की २८९८ एडीले बक्स अफिसमा कब्जा जमाएको छ । फिल्मले मेकरहरूमाथि पैसाको वर्षा गराइरहेको छ । कल्कीले तीन दिनमै भारतमा २०० करोड भारु भन्दा धेरै कमाएको छ ।  

फिल्ममा प्रभासको साथसाथै अमिताभ बच्चन, दीपिका पादुकोण, कमल हासन र दिशा पटानीको पनि महत्त्वपूर्ण भूमिका छ । फिल्ममा कलाकारहरूको अभिनयको सबैले तारिफ गरिरहेका छन् । आइतबार पनि फिल्मको कमाई शानदार रहने आशा गरिएको छ ।


स्याकनिल्कको रिपोर्ट अनुसार ‘कल्की २८९८ एडी’ले शनिबार हिन्दी, तमिल, तेलुगु, मलायालम र कन्नड भाषामा ६७ करोड १० लाख भारु कमाएको छ । यस हिसाबले  फिल्मले भारतमा मात्र ३ दिनमा २२० करोड भारुको व्यापार गर्यो । फिल्मले पहिलो दिन ९५ करोड र दोस्रो दिन ५४ करोडभन्दा बढीको कलेक्सन गरेको थियो ।

रिपोर्टका अनुसार ‘कल्की २८९८ एडी’ ले तेलुगुमा सबैभन्दा धेरै कलेक्सन गरेको छ । फिल्मले तेलुगुमा १२६ करोड ९० लाख भारु कमाएको छ भने हिन्दीमा यसको कमाई ७२ करोड ५० लाख भारु छ । फिल्मले ओपनिङ डेमै रेकर्ड तोडेको छ । ‘कल्की’ले पहिलो दिन ग्लोबल बक्स अफिसमा १९१ करोडको कलेक्सन गरेको थियो ।

‘कल्कि २८९८ एडी’ ले पहिलो दिनमा १९१ करोड कमाएर इतिहास रचेको छ । बाहुबली २ र आरआरपछि यो तेस्रो धेरै कमाउने फिल्म बनेको छ । आरआरआर अझै पनि २२३ करोड भारुको साथमा सबैभन्दा बढी ओपनिङ गर्ने भारतीय फिल्म हो भने पहिलो दिनमै २१७ करोड भारु भन्दा बढी व्यापार गरेको बाहुबली २ दोस्रो स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!