वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओड प्रहरी नियन्त्रणमा

Posted on: 12 May, 2024

बैशाख ३०, धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । बिहिबार इलाका प्रहरी कार्यालय झलारीमा ओड आफैँ उपस्थित भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले बताए ।

जोशीका अनुसार ओडलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

नेपाल आइडल सिजन २ का विजेता रबिविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् । साेही दिन कञ्चनपुर जिल्ला अदालतले रविका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!