साउथमा डेब्यू गर्दैछिन् करिना, यशसँग टक्सिकमा काम गर्ने

Posted on: 05 Jan, 2024

पुस २०, काठमाडौं | बलिउड अभिनेत्री करिना कपूरले दक्षिण भारतीय फिल्ममा डेब्यु गर्ने भएकी छिन् । करिनाको डेब्यू फिल्म केजीएफ स्टार यशसँग हुने बताइएको छ । 

यशले केही समय अघि मात्रै आफ्नो नयाँ प्रोजेक्टको घोषणा गरेका थिए । यो फिल्मको नाम टक्सिक रहेको छ । यशका पछिल्ला फिल्म जस्तै यो पनि ग्र्यान्ड हुने देखिएको छ । यो फिल्मको निर्देशन क्रिटिक्सहरुबाट निकै तारिफ बटुलिसकेकी निर्देशक गीतू मोहनदासले गर्नेछिन् ।


यसैबिच टक्सिकबाट करिनाले साउथमा डेब्यू गर्न लागेको खबर आएको हो । करिनाले २४ वर्ष अघि रिफ्युजीबाट बलिउडमा कदम राखेकी थिइन् । अहिले उनी बलिउडको राम्रो अभिनेत्री बनिसकेकी छिन् । तर करिनाले कहिले पनि साउथमा काम गरिनन् । टक्सिकका निर्माताहरु फिल्ममा करिनालाई लिनेबारे निकै उत्सुक भएको बताइएको छ । 

यसबारे उनीहरुले करिनासँग कुराकानी पनि शुरु गरिसकेका छन् । करिनाले यो  फिल्ममा साइन गरिन् र काम गरिन् भने यो उसको साउथ डेब्यू हुनेछ । यश र निर्माताहरु फिल्मको अडियन्श बेस बढाउन चाहन्थे । त्यसैले उनीहरुले बलिउडकी टप एक्सट्रेसमध्ये एक करिनालाई अप्रोच गरेको बताइएको छ ।

करिना हालै मात्रै नेटफ्लिक्सको फिल्म जानेजामा देखिएकी छिन् । यो फिल्ममा उनको कामको निकै तारिफ भइरहेको छ । फिल्ममा करिना एउटी बालिकाको आमा बनेकी छिन् । क्रिटिक्सहरुले उनलाई खुबै सरहाना गरिरहेका छन् । यो फिल्ममा उनी बिल्कुल नयाँ अन्दाजमा देखिएकी छिन् । यसअघि करिना आमिर खानसँग लाल सिंह चड्ढामा देखिएकी थिइन् । फिल्म फ्लप भएपनि करिनाको अभिनयले हरेक रिभ्युमा वाहवाही बटुलेको थियो । यश भने केजीएफ२ को सफलतायता कुनै फिल्ममा देखिएका छैनन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!