दुई दिनमा ‘नाङ्गो गाउँ’ले कमायो १ करोड ६० लाख

Posted on: 18 Sep, 2023

असोज १, काठमाडौँ | शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘नाङ्गो गाउँ’ले शुक्रबार बक्स अफिसमा ७० लाखको ग्रस कलेक्शन गरेको छ। वितरक रोहित कट्टेलका अनुसार फिल्मले शनिबार देशभरका हलमा ९० लाखको ग्रस कलेक्शन गरेको हो।

२ दिनमै फिल्मले बक्स अफिसमा १ करोड ६० लाखको ग्रस कलेक्शन गरेको छ। 


फिल्मको शोज संख्या शुक्रबारको तुलानामा २५ प्रतिशतले बढाएका छन्। सोमबार यो फिल्मले नेपालभर १ सय ५० भन्दा बढी शोज पाएको छ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी लगायतका कलाकारको अभिनय छ।

रोहित कडरियाको प्रस्तुतिमा तयार भएको यो फिल्ममा राम श्रेष्ठको लगानी छ। रामहरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन्। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!