'गदर २' सफलतापछि ५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले भने 'फिल्मले ५०० करोड....

Posted on: 13 Sep, 2023

एजेन्सी | बलिउड अभिनेता सनी देओल अभिनीत फिल्म 'गदर २' हलमा प्रदर्शन भइरहेको छ।

फिल्मले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ। भारतीय सञ्चारमाध्यम द इन्डियन एक्सप्रेसका अनुसार प्रदर्शनको ३३ दिनमा फिल्मले घरेलु बक्स अफिसमा ५१६ करोड ८ लाख भारू कमाएको छ। योसँगै फिल्मले सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको छ। सनीले 'गदर २' को लागि २० करोड भारू पारिश्रमिक लिएका थिए। यसअघि उनी एक फिल्मको पारिश्रमिक ६ करोड भारू लिन्थे।

५० करोड पारिश्रमिक बढाएको हल्लामा सनी देओलले के भने?

'मैले कसैसँग ५० करोड मागेको छैन। पारिश्रमिक लिने कि नलिने भनेर निर्मातामा भर पर्छ। उनीहरूले आफ्नो फिल्मले कति कमाउन सक्छ भन्ने हिसाबले पारिश्रमिक दिन्छन्। म कुनै पनि फिल्ममा बोझ बन्न चाहन्न। यदि फिल्मले ५०० करोड कमाउँछ भने म ५० करोड पारिश्रमिकको हकदार हुँ,' उनले भने। 

‘गदर ३’ बारे के भने सनी देओलले ?

सनी देओललाई गदर फ्रान्चाइजीको गदर ३ को बारेमा पनि सोधिएको थियो। यसबारे सनी देओलले भने, ‘म गदर २ ल्याउन डराएको थिएँ, म गदर ३ का लागि तयार छु ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!