सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्मसहित यी हुन् 'जवान' ले बनाएका १६ रेकर्ड

Posted on: 12 Sep, 2023

भदौ २६, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड राखिरहेको छ। 

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले पाँच दिनमा घरेलु बक्स अफिसमा ३१६ करोड १६ लाख भारू कमाएको छ भने विश्वभरबाट ५५० करोड भारूबढी कमाएको छ। 

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

यो फिल्मले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड बनाइरहेको छ। यी हुन् 'जवान' ले बनाएका रेकर्ड-

  • सर्वाधिक अग्रिम टिकट बुक हुने फिल्म
  • पहिलो दिन बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • शाहरूख खानको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म
  • दीपिका पादुकोणको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म
  • नयनताराको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • विजय सेतुपथीको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • रेर्ड चिल्लीज ब्यानरको पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म 
  • निर्देशक एटली कुमारको पहिलो दिन सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • एक दिनमै ७० करोड भारू कमाइ गर्ने पहिलो हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो १ सय करोड कमाउने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो २ सय करोड कमाउने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो २ सय ५० करोड कमाउने हिन्दी फिल्म
  • भारतमा पहिलो सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने हिन्दी फिल्म
  • भारतमा सबभन्दा छिटो तीन सय करोड कमाउने हिन्दी फिल्म
  • विश्वभरबाट सबभन्दा छिटो पाँच सय करोड कमाउने फिल्म
  • अमेरिकामा सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्म 

यस बिषयमा तपाइको प्रतिक्रिया...!