पहिलो दिन कति कमायो शाहरूख खान अभिनीत फिल्म 'जवान' ले नेपालमा?

Posted on: 08 Sep, 2023

भदौ २२, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खान अभिनीत फिल्म 'जवान' ले भारतसँगै नेपालमा पनि राम्रो कमाइ गरिरहेको छ।

स्रोतका अनुसार फिल्मले नेपालमा १ करोड ६० लाखको ओपनिङ गरेको छ। फिल्मले दर्शकको साथ पाउनुको साथै सकारात्मक समीक्षा पाइरहेको छ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार फिल्मले घरेलु बक्स अफिसमा पहिलो दिन ७५ करोड भारू कमाएको छ भने विश्वव्यापी रूपमा १५० करोड भारू कमाएको छ।

एटली कुमारले निर्देशन गरेको फिल्ममा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा गौरी खानको लगानी छ।

फिल्ममा शाहरूख डबल रोलमा देखिएका छन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा छिन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!