वैदेशिक रोजगारमा जान एक महिनामै ७४ हजार बढीले लिए श्रम स्वीकृति

Posted on: 01 Jan, 2022

पुस १७, काठमाडौँ | वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको गत मङ्सिर महिनाको रिपोर्ट अनुसार पछिल्लो समय वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेको पाइएको छ । गत मङ्सिर महिनामा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने कामदारको संख्या ७४ हजार ३५४ जना रहेको छ । जसमध्य ३१ अजार ३१ जनाले म्यानपावर कम्पनी मार्फत श्रम स्वीकृति लिएका छन् । 

गत असोज महिनामा म्यानपावर कम्पनीमार्फत २६ हजार ९१ जना कामदारले वैदेशिक रोजगारमा जानको लागि अन्तिम श्रम स्वीकृति लिएका थिए । तुलनात्मक रुपमा असोज भन्दा कात्तिकमा र कात्तिक भन्दा मङ्सिरमा वैदेशिक रोजगारको लागि म्यानपावरबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जानेहरुको संख्या बढेको छ । 

रिपोर्ट अनुसार मंसिर महिनामा विश्वका ९२ मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारको लागि जान अन्तिम श्रम स्वीकृति लिएका छन् । जस मध्ये म्यानपावर कम्पनीबाट खाडी सहित बिभिन्न १२ देशमा वैदेशिक रोजगारको लागि अन्तिम स्वीकृति लिएका छन् । म्यानपावर कम्पनी मार्फत सबैभन्दा बढी साउदी अरबका लागि एकै महिनामा १६ हजार  २ सय ३८ जनाको श्रम स्वीकृति लिएका छन् । त्यस्तै कतारको लागि ६ हजार ६ सय ७९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै युएई जानको लागि गत मङ्सिरमा मात्र ५ हजार  ५ सय ८१ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!