इजरायलमा मारिनेलाई घर पुर्‍याउन लागेको खर्च सरकारले दिने, यस्ता छन् मन्त्रिपरिषद्का २५ निर्णय

Posted on: 10 May, 2024

बैशाख २८, काठमाडौँ । सरकारले इजरायल घटनामा परी निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानासम्म पुर्याउँदा लागेको जम्मा खर्च २८ लाखभन्दा बढी रकम भुक्तानी दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा जम्मा लागेको खर्च २८ लाख ३६ हजार ८३४ रुपैयाँ सम्बन्धित पक्षलाई भुक्तानी दिने निर्णय भएको शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

बिहीबारको बैठकले चीन सरकारले परराष्ट्र मन्त्रालयलाई अनुदान स्वरुप उपलब्ध गराउन प्रस्ताव गरेको सात वटा सवारी साधन स्विकार गर्ने निर्णय पनि गरेको सरकार प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

यस्ता छन् सरकारका निर्णयहरुः


यस बिषयमा तपाइको प्रतिक्रिया...!