परपुरुषसँग माया बसेपछि, वैदेशिक रोजगारीमा रहेका श्रीमानको गरिन् महिलाले हत्या !

Posted on: 09 Dec, 2021

मंसिर २३, काठमाडौं | सिन्धुपाल्चोकको गुम्बामा अर्कै पुरुषसँग मिलेर योजनाबद्ध रूपमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जुगल गाउँपालिका ३ गुम्बा बस्ने ३९ वर्षीय छेवाङ लामाको मंसिर २० गते हत्या भएको थियो ।

लामाको हत्या अभियोगमा प्रहरीले उनकी श्रीमती २८ वर्षीया निमा साङ्लो तामाङ र जुगल ३ बस्ने ३६ वर्षीय कान्छा लाल लामालाई पक्राउ गरेको छ । अभियुक्त दुवै लामो समयदेखि अनैतिक सम्बन्धमा रहेकाे खुलेकाे छ।

उनीहरूले ढुङ्गा प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । नाताले आफन्त पर्ने परपुरुष र मृतकको श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको र उनीहरूको सम्बन्धलाई लिएर दम्पतीबीच पटकपटक विवाद हुँदै आएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एवं प्रहरी प्रमुख राजन अधिकारीले जानकारी दिए ।

मृतक लामा ६ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेकोमा केही दिन अघिमात्र घर फर्केका थिए । घरमा श्रीमतीको मोबाइलमा अत्यधिक फोन आउने गरेको थाहा पाएपछि उनले उक्त फोनमा सिमकार्डसमेत परिवर्तन गरिदिएका थिए । श्रीमानले आफूहरूको सम्बन्धबारे थाहा पाउने डरले उनीहरूले योजनाबद्ध रूपमै हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!