वैदेशिक रोजगारीको प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार

Posted on: 08 Dec, 2021

कमल बिक्रम जिसी, मंसिर २२, काठमाडौं | वैदेशिक रोजगारीको  प्रलोभनमा ओमानमा फसेका महिलाको उद्वार गरिएको छ । रोजगारीको नाममा विभिन्न प्रलोभनमा पारी नेपाली महिला तथा किशोरीहरुलाई आकर्षक कमाइ हुने भनी भारत हुँदै खाडी मुलुक पुर्‍याउने बिचौलियाहरुको सक्रियता बढ्दै  गएको छ। निकै सोझा र केही नजान्ने महिला तथा किशोरीहरुलाई जोखिमपूर्णरुपमा भारत हुँदै इराक, ओमान जस्ता देशमा लैजाने गरेको पाइएको छ । 

यसैबीच आफन्त नेपालले आइतबार र सोमबार गरी ७ जना महिलालाई कृष्णनगर सीमाबाट उद्धार गरेको छ । उद्धार पश्चात् ती महिलाहरुलाई सोधपुछ तथा परामर्श गर्दा इराक र ओमान जान लागेको खुलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार उद्धार गरिएकाहरु विभिन्न जिल्लाका महिला तथा किशोरीहरु थिए । 

२० वर्षदेखि ४० वर्षका महिलाहरुलाई अनेकौ प्रलोभनमा पारी विभिन्न बिचौलीयाहरुको माध्यम र प्रयोगबाट भारत लाने र त्यहाँबाट तेस्रो मुलुक पठाउने गरेको खुल्न आएको छ । सोधपुछको क्रममा पूरा नाम समेत थाहा नभएको तर काठमाडौंमा बस्ने भिम नाम गरेको व्यक्तिले पठाएको पीडितहरुले प्रहरीसमक्ष बयान दिएका छन् । 

रहर होईन बाध्यता 

गरिबीले थिचोमिचो बनाएको जीवन, कयौंको श्रीमानको सहायता नहुँदा र घरमा राम्रो सल्लाह सुझाव दिने व्यक्ति नहुँदा यस्ता घटना हुने गरेको आफन्त नेपालकी बोर्डर इन्चार्ज जेनिसर सुनारीले हामीलाई  बताइन् ।शंस्कास्पद भएका व्यक्तिहरुको विभिन प्रमाणहरु भएपनि पीडित पक्ष मौन बस्दा कयौं घटनामा बिचौलियाहरुले उन्मुक्ति पाएको उनले बताइन् । कयौं घटनामा पीडितहरुको असहयोगका कारण बिचौलियालाई कानूनी कठघरामा ल्याउनसमेत असहज हुने सुनारिले बताएकी छन्  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!