कतार स्थित दूतावासबाट दिईने सेवा पुनः सूचारु

Posted on: 31 Mar, 2021

चैत १८, काठमाडौँ । कतार स्थित नेपाली दूतावासका कर्मचारीमा कोभिड-१९ को संक्रमण देखिएपछि स्थगित भएको भौतिक रूपमा उपस्थितिमा लिईने सेवा पुनः सूचारु गरिएको छ । दूतावासले बुधबार सूचना जारी गर्दै चैत्र ५ देखि स्थगित भएका सेवा फेरि सूचारु भएको जनाएको हो । 

दूतावासका कर्मचारीमा केहि समय अघि कोभिड-१९ को संक्रमण देखिएपछि सेवाग्राही भौतिक रूपमा उपस्थित भर्इ लिनुपर्ने अत्यावश्यक बाहेकका नियमित सेवाहरू (जस्तैः राहदानी नविकरण, कागजात प्रमाणीकरण, कागजात जारी अादि) स्थगित गरेको थियो । 

दूतावासले प्रदान गर्ने सेवाहरू चैत्र १९ गते देखि  पुनः सूचारू हुने जनाएको छ । सेवाग्राहीहरूले दूतावास आउँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न र कोभिड-१९ को संक्रमणलार्इ ध्यान दिर्इ अन्य आवश्यक सतर्कता अपनाउनुहुन समेत दूतावासले अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!