साउदीको मागपत्र प्रमाणीकरण स्थगित

Posted on: 26 Mar, 2021

चैत १३, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरेको छ । दूतावासबाट प्रमाणीकरण भईसकेका मागपत्रहरूलाई वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (FEMS) मा प्रविष्ठ (अनलाइन) गर्नुपर्ने भएकोले मागपत्र प्रमाणीकरण कार्य केही दिन स्थगित गरिएको हो ।

मागपत्र प्रमाणीकरण कार्य आगामी २८ मार्च देखि २ अप्रिल २०२१ सम्मका लागि स्थगित गरिएको दूतावासले जनाएको छ । दूतावासको मागपत्र अनलाइन प्रणालीमा स्वीकृत भैसकेका तर प्रमाणीकरण हुन बाँकी रहेका मागपत्रहरु यथाशीघ्र दूतावासबाट प्रमाणीकरण गर्न रोजगारदाता कम्पनीहरुलाई अनुरोध गरेको छ ।

यस्तै दूतावासले १० मार्चसम्म प्रमाणीकरण भएका तर FEIMS मा अनलाइन नदेखिएका मागपत्रको विवरण दूतावासको इमेल ठेगाना deriandrivadhlmailcomमा पठाउन भनेको छ ।

No description available.

यस बिषयमा तपाइको प्रतिक्रिया...!