वैदेशिक रोजगार सम्बन्धि गुनासो बढी,श्रम कल सेन्टरमा गुनासो कसरी राख्ने ?

Posted on: 23 Mar, 2021

चैत १०, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले विभिन्न समस्याहरु भोग्ने गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलाय अन्तर्गत श्रम कल सेन्टरमा श्रमिकले आफ्नो गुनासो राख्न सक्छन । रोजगारीको लागि विभिन्न देशमा जानेक्रम र समस्या परेको बेलामा उक्त सरकारी निकायमा गुनासो राख्नेको संख्या पनि बढेको हो ।

पछिल्लो दुई दिन आइतबार र सोमबार मात्रै वैदेशिक रोजगार सम्बन्धि विभिन्न ३२ वटा गुनासोहरु श्रम मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयहरुमा आएको कल सेन्टरले जनाएको छ । कल सेन्टरका अनुसार सबैभन्दा बढी विदेशमा मृत्यु भएका कामदारको परिवार सदस्यलाई आर्थिक सहायता सम्बन्धि गुनासोहरु आएका छन् ।  

विदेशमा अलपत्र परेको कामदारको उद्धार एउटा,बैदेशिक रोजगार सम्बन्धि सोधपुछ ५ वटा,भनिएको जस्तो सेवा सुबिधा नपाएकोमा दुई वटा,सिप सम्बन्धि सोधपुछ,बिरामी भएर फर्किएकोलाई आर्थिक सहायता,व्यक्ति सम्पर्कमा नरहेको एक-एक वटा गुनासो दर्ता भएका हुन् । यस्तै सामान्य सोधपुछ ३ र अन्य विषयमा १२ गरी कुल ३२ वटा गुनासो दुई दिनमा मन्त्रलायका विभिन्न कार्यालयहरुमा दर्ता भएका छन् । तपाईको पनि वैदेशिक रोजगारी सम्बन्धि केहि गुनासो छ भने श्रम कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ । त्यसको लागि http://202.45.146.35/home यो लिंकमा क्लिक गरेर विभिन्न माध्यम अनलाइन,फेसबुक,ट्वीटर,फोन,भाइबर र इमोबाट आफ्नो गुनासो राख्न सक्नुहुन्छ ।

सो लिंकमा क्लिक गरिसकेपछि 'गुनासोको लागि उपलब्ध च्यानलहरू' दिइएको छ त्यसको मुनितिर अनलाइन,फेसबुक,ट्वीटर,फोन,भाइबर र इमो लगायतका संकेतहरु देख्न सकिन्छ । त्यँहा क्लिक गरेर श्रमिकले कल सेन्टरमा आफ्नो गुनासो दर्ता गराउन वा फोनबाट राख्न सकिन्छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सूचना संचार प्रविधीमा आधारित उजुरी/गुनासो व्यस्थापनक लागि श्रम कल सेन्टर बनाइएको हो । जसमा वैदेशिक रोजगार सम्बन्धि विभिन्न गुनासो राख्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!