वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट १५६ जनाको उद्दार

Posted on: 22 Mar, 2021

चैत ९, काठमाडौँ । कोभिड–१९ का कारण विदेशमा अप्ठ्यारोमा परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका मध्ये १ सय ५६ जनाको उद्दार वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चबाट भएको छ । यसका लागि २ करोड ४७ लाख खर्च भएको वैदेशिक रोजगार वोर्डले जनाएको छ ।

कोभिड–१९ का कारण समस्यामा परेकाहरुलाई स्वदेश फर्किन हवाई टिकट उपलव्ध गराउन तथा गन्तव्य मुलुकमा खाद्यान्न समस्या परेकाहरुलाई खाद्यान्नको व्यवस्था गर्न ति मुलुक स्थित दूतावासहरुलाई जिम्मेवारी दिइएको थियो । सरकारले दूतावासले फस्र्यौट गर्नेगरी खर्च माग गरे बमोजिम वैदेशिक रोजगार बोर्डबाट कल्याणकारी कोषको रकम पठाउने व्यवस्था गरेको थियो ।

वोर्डका प्रवक्ता समेत रहेका उपसचिव दीनबन्धु सुवेदीका अनुसार सो समयमा सवैभन्दा धेरै व्यक्तिका लागि सहयोग मलेशिया स्थित नेपाली दूतावासले लिएको छ । कोभिड–१९ का कारण समस्यामा परेका ८६ जना नेपालीको उद्दारका लागि सो दूतावासले कल्याणकारी कोषको रकम प्रयोग गरेको छ । युएई स्थित नेपाली दूतावासले ५२ जना नेपालीलाई सहयोगका लागि रकम लिएको छ भनें बहराइन स्थित नेपाली दूतावासले १८ जना नेपालीलाई सहयोग गरेको हो ।

यसैगरी आफैं टिकट काटेर वा अन्य माध्यमबाट सहयोग लिई नेपाल आएर होल्डिङ सेण्टरमा बसेका मध्ये १ सय ८७ जनालाई पनि सहयोग उपलव्ध गराइएको बोर्डले जनाएको छ । यसका लागि १ लाख ९७ हजार १ सय रकम खर्च गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!