नि:शुल्क तालिम लिन चाहनुहुन्छ ? इन्टरस्काफ सेफ्टी सोलुशनमा सम्पर्क गर्नुहोस्

Posted on: 21 Mar, 2021

चैत्र ८, काठमाडौं । के तपाई तालिम लिएर आफ्नो दक्षता वृद्धि गर्न चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने तपाइको लागि अवसर छ । काठमाडौंको बसुन्धरा चौकी नजिक रहेको इन्टरस्काफ सेफ्टी ट्रेनिङ सोलुशनले स्काफफोल्डर, म्यासन र प्लम्बरको लागि निशुल्क तालिम दिन लागेको जनाएको छ ।

१० रोपनी जग्गामा अन्तराष्ट्रिय स्ट्राण्डर्डका ट्रेनिङ सामाग्रीका साथ संचालित, अत्याधुनिक सुविधासहित अन्तराष्ट्रिय स्तरको तालिम प्रदान गर्ने उदेश्यले २०७६ साउन ३१ गतेबाट संचालनमा आएको ट्रेनिङ सोलुशनले सुरक्षित आप्रवाशन परियोजना (सामी) को आर्थिक सहयोगमा उक्त तालिम दिन लागेको हो ।

के के विषयमा तालिम दिइन्छ ? 

Scaffolder, Mason, Plumber

तालिम शुल्क लाग्छ कि लाग्दैन ?

निशुल्क 

तालिम कति अवधिको हुन्छ ? 

७ देखि १५ दिन 

तालिम लिन के के योग्यता हुनुपर्छ ?

वैदेशिक रोजगारीबाट नेपाल फर्किएको हुनुपर्ने 

कति उमेर समुहका व्यक्तिले तालिम लिन पाउँछन् ? 

१८-४५ वर्ष 


तालिम कहिलेबाट संचालन हुन्छ ? 

सुचारु भैरहेको छ 

तालिम लिएपछि के फाईदा हुन्छ ? 

Skill upgrade, Certification. NSTB certification as per the modality 1,2. After training Job counselling and job seminar/refer.

Interscaff Safety Training Solution मा नै तालिम लिन किन आउने ?

Internationally qualified trainer, CTEVT qualified trainer, well equipped infrastructure and training material. 

तालिम कहाँ संचालन हुन्छ ? 

Interscaff Safety Training Solution. 

Opposite Basundhara Police Station, Kathmandu.

०१-४३६४२९७/०१-४३८४९२१ 

 साथै  ट्रेनिङ सोलुशनमा स्काफोल्डिंग, रोप एलेक्स, एल्मुनिएम तथा स्टिल फेब्रीकेशन, सटरिङ कार्पेन्टर, फिनिसिङ कार्पेन्टर, स्टिल फिक्सर, इन्सुलेटर, मेसन, वेल्डिङ् लगायत विषयमा पनि शशुल्क तालिम संचालन हुँदै आएको कम्पनीले जनाएको छ । ट्रेनिङ सेन्टरबाट वैदेशिक रोजगारीमा जानेहरुको लागि तालिम तथा स्किल टेष्ट गराउन सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। 

अबदेखि नेपालमै अन्तराष्ट्रियस्तरको तालिम, बसुन्धारामा खुल्यो ‘इन्टरस्काप सेफ्टी ट्रेनिङ सोलुसन’

यस बिषयमा तपाइको प्रतिक्रिया...!