फागुन १६, काठमाडौँ । साउदी स्थित नेपाली दूतावासमा राहदानी नविकरणका लागि आवेदन दिएका नेपालीहरुका राहदानी तयार भएका छन् । १७ जनवरी सम्म आवेदन दिएकाहरुको राहदानी तयार भएको हो।
सो अवधि सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरुलाई राहदानी बुझिलिन दूतावासले अनुरोध गरेको छ । 'आफ्नो नयाँ राहदानी बुझिलिन पुरानो राहदानी र राजश्व बुझाएको सक्कल रसिद सहित दूतावासमा यथाशीघ्र सम्पर्क गर्नहुन अनुरोध गरिन्छ ' दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।
पूर्वी क्षेत्र (दमाम, जुबेल र खोबर) बाट आवेदन दिएकाहरूको लागि नयाँ राहदानी लिन आउने तालिका छिट्टै प्रकाशन गरिने दूतावासले जनाएको छ । यसरी राहदानीका लिष्टमा नाम भएका व्यक्तिहरुले मात्रै आउनुपर्ने छ ।
हेर्नुहोस दूतावासमा राहदानीका लागि आवेदन दिएकाहरुको नामावली :
यस बिषयमा तपाइको प्रतिक्रिया...!