साउदीमा होटल,पार्टिप्यालेस,रेष्टुरेन्ट,कार्यक्रम गर्न बन्देज

Posted on: 04 Feb, 2021

माघ २२, काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण बढ्दै गएपछि साउदी अरेबियाले विभिन्न कार्यक्रमहरु बन्द गरेको छ । बिहीबार (४ फेब्रुअरी २०२१) राती १० बजेबाट लागू हुनेगरी आगामी ३० दिनका लागि होटल, पार्टिप्यालेस, व्याङ्क्वैट, रेष्टुरेन्ट र यस्तै किसिमका स्थानमा कुनैपनि कार्यक्रम गर्न बन्देज गरेको हो ।

बन्दका कारण शुक्रबार र शनिबार (५ र ६ फेब्रुअरी २०२१) का दिन दमाममा सञ्चालन गर्ने भनिएको राहदानी आवेदन संकलन अस्थायी कार्यालय अर्को नहुँदासम्मका लागि स्थगन गरिएको साउदी स्थित नेपाली दूतावासले जनाएको छ।

कोभिड-१९ संक्रमणको महामारी रोकथाम तथा नियन्त्रणका लागि साउदी सरकारले उक्त कुराहरुमा निषेध गरेको जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!