कोभिड-१९:जापानमा आजदेखि एक महिने संकटकाल घोषणा,कुन-कुन स्थानमा ?

Posted on: 08 Jan, 2021

पुस २४, काठमाडौँ | कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न जापान सरकारले संकटकाल घोषणा गरेको छ | आज देखि लागु हुनेगरी टोकियो, कानागावा, साइतमा र चिबा प्रिफेक्चरहरूमा एक महिने संकटकाल घोषणा गरेको हो |

संकटकालीन समयमा लागू हुने सम्पूर्ण नियम कानूनहरू एवं सरकारले गरेका अनुरोधहरूको पालना गर्न नेपालीहरुलाई जापान स्थित नेपाली दूतावासले अनुरोध गरेको छ | त्यस्तै संकटकाल नभएका स्थानहरुमा बसोबास गर्ने नेपालीहरुलाई कोभिड-१९ बाट जोगिन आवश्यक सुरक्षा सतर्कता अपनाउन भनेको छ |

अधिकृत वारेशनामा, राजदूतावासमा स्वयं उपस्थित भई हस्ताक्षर प्रमाणीकरण गर्नुपर्ने भएमा मात्रै व्यक्ति स्वयं अनिवार्य रुपमा राजदूतावासमा उपस्थित हुनुपर्ने छ | दूतावासका अनुसार यसरी उपस्थित हुँदा  सेवाग्राहीले अपरान्ह १ बजे भित्र पुग्नुपर्ने छ |

पासपोर्ट नविकरण, बच्चाको नयाँ पासपोर्ट, ट्राभल डकुमेन्ट, ड्राइभिङ लाइसेन्स, अविवाहित प्रमाणपत्र, नाता सम्बन्ध प्रमाणपत्र, जन्म दर्ता प्रमाण पत्र. शैक्षिक प्रमाणपत्र प्रमाणीकरण लगायतका लागि सेवा सेवाग्राहीलेआवश्यक कागजातहरु हुलाक मार्फत मात्र पठाउन दूतावासले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!