ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्किने समय थप्यो

Posted on: 05 Jan, 2021

पुस २१, काठमाडौँ | ओमान सरकारले अलेखबद्ध भएका नेपालीहरूका लागि घर फर्कन पाउने अवधि थपेको छ | ओमान छोड्नका लागि श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय भएअनुसार उक्त अवधि थपीएको हो |

यसअघि ओमानको श्रम मन्त्रालयले १० नोभेम्बर २०२० ओमानमा विभिन्न समय देखि अलेखबद्ध भई काम गरिरहेका नेपाली नागरिकहरू आफ्नै खर्चमा स्वदेश फर्कन चाहेमा १५ नोभेम्बर देखि ३१ डिसेम्बर २०२० सम्म श्रम सम्बन्धी कुनै पनि किसिमको जरिवाना तिर्नु नपर्ने निर्णय गरेको थियो |

सो अवधि आउँदो मार्च २०२१ सम्मका लागि थपिएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ | ओमानमा कामदार अनुमित पत्र तथा भिसा सकिएर वा लामो समयदेखि आफ्नो स्पोन्सरको सम्पर्क बाहिर रहेका नेपालीहरुलाई सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ | 

यसरी नेपाल जान चाहने नेपाली नागरिकहरूले (पासपोर्टको म्याद सकिएर ट्राभल डकुमेन्ट बनाउन परेमा वा यस सम्बन्धी थप केही बुझ्न परेमा) नेपाली मस्कट स्थित नेपाली दूतावास र  दिनेश ढकाल श्रम सहचारी (7159-2506 [email protected]) सँग सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!